बैतडी । सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर कुंवर चढ्ने सवारीसाधन बिग्रिएपछि बाह्य गाडी भाडामा लिई चढेको रकम एक वर्षमा झण्डै रु. २८,३२,३७२/- पुगेको खुलेको छ।
मासिक हिसाबले यो रकम रु. २,३६,०३१/- र दैनिक रूपमा करिब रु. ७,८६७/- बराबर पर्छ। अर्थात्, प्रायः दैनिक रूपमा करिब ८,००० रुपैयाँको गाडी चढ्नै पर्ने स्थिति देखिन्छ।
तर यहाँ एक महत्वपूर्ण प्रश्न उठेको छ
। ‘चढ्नै पर्ने’ भन्नाले साँच्चै गाडी प्रयोग भएको हो कि गाडी प्रयोग नहुने दिनहरूमा पनि भाडा तिर्नु पर्ने सर्त थियो भन्ने स्पष्ट छैन।
अझ रोचक कुरा के छ भने, गाडी बुक गर्दा इन्धनको जिम्मेवारी सिधै गाडीवालाकै हुने भनिएको भए पनि, पालिकाबाट इन्धन खर्च पनि भुक्तानी गरिएको देखिन्छ।
यसले नियमअनुसार यो खर्च वैधानिक हो वा होइन भन्ने अन्यौलता उत्पन्न गराएको छ।
यस विषयमा पालिकाले स्पष्ट जवाफ दिनुपर्ने माग उठिरहेको छ।
जनताले करको पैसा कति जवाफदेही रूपमा खर्च भइरहेको छ भन्ने चासो स्वाभाविक रूपमा बढ्दै गएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ