बिहिबार, असार २६, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • टिकटकमा भ्रामक सामग्री राखेको भन्दै रमा बस्नेत साईबर ब्यूराेद्वारा पक्राउ

टिकटकमा भ्रामक सामग्री राखेको भन्दै रमा बस्नेत साईबर ब्यूराेद्वारा पक्राउ


गणेश विक



काठमाडौं । टिकटकमा तथ्यहीन र भ्रामक सामग्री राखेको भन्दै नेपाल प्रहरीकाे साईबर ब्यूराेले एक युवतीलाई पक्राउ गरेको छ ।

हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार घर ठेगाना भई हाल भक्तपुर बसिरहेकी ३१ वर्षीया रमा बस्नेतलाई पक्राउ गरेको हो ।

नियोजित रूपमा जातिय एवं साम्प्रदायिक भावनामा खलल पुर्‍याउनुका साथै प्रतिष्ठित व्यक्ति तथा संस्थाविरुद्ध भ्रामक विषयवस्तु प्रसारण गरी चरित्र हत्या गरेको अभियोगमा बस्नेत पक्राउ परेकी हुन् ।

बस्नेतलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी साइबर ब्यूरोबाट खटिएको टोलीले असार १ गते भक्तपुरबाट पक्राउ गरेको हो ।

व्यक्ति, संस्था र सम्प्रदायप्रति नकरात्मक धारणा फैलाउँदै चरित्र हत्या गर्ने व्यक्ति पहिचानका लागि आवश्यक प्राविधिक विश्लेषण र अनुसन्धान गर्दा सो कार्यमा बस्नेतको संलग्नता खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत काठमाडौंबाट ३ दिनको म्याद थप अनुमति लिएर बस्नेतको विषयमा अनुसन्धान भइरहेको प्रहरीको विज्ञाप्तीमा उल्लेख छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत