बिहिबार, असार २६, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • बेनिड्रोमको राहदानी शिविर हालसम्मकै उत्कृष्ट, २५२ जनाले पाए सेवा

बेनिड्रोमको राहदानी शिविर हालसम्मकै उत्कृष्ट, २५२ जनाले पाए सेवा


कान्तिपथ


स्पेन / आलिकान्तेको बेनिड्रोममा दुई दिन चलेको राहदानी घुम्ती शिविरबाट नेपालीले सहजै सेवा पाउँदा खुशी भएका छन् । पहिलो दिन १ सय ७५, दोस्रो दिन ७७ जनाले सेवा लिएका थिए ।

नेपाली राजदूतावास, म्याड्रिड स्पेनले राहदानी विभागसँगको समन्वयमा गरेको शिविरलाई नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्का, एनआरएनए कोष्टाव्लाङ्काले सहजीकरण गरेका थिए ।
काल्पे, आल्तेया, कास्पे, आल्भिर, खाबिया, डेनिया, आलिकान्ते, मुर्सिया, टोरटोसा लगायत क्षेत्रमा बस्ने नेपालीहरु आएर सेवा लिएका थिए । राहदानी (पासपोर्ट) बनाउन म्याड्रिड जाने-आउने खर्च र समय बचत हुदा सेवाग्राही उत्साहित थिए । दूतावासबाट द्वितीय सचिव पुरक अधिकारी, सहचारी विपिन चन्द, लक्ष्मण शर्मा, विभागकि ज्योत्सना काफ्ले सहितको टोलिले सेवा प्रवाह गरेको थियो ।
शिविर संयोजक असिम लोप्चनले उल्लेख्य सहभागीता सहित शिविर सफल बनेको बताए । ´घरदैलोमै सेवा पाएको प्रतिक्रिया सबैले दिनुभयो, उनले भने, ´छिटोछरितो सेवा लिदा सबै खुशी भए ।
समाजका महासचिव विजय कुँवरले हालसम्मकै व्यवस्थित शिवर हुन पुगेको बताए । ´गुनासो रहित शिविर बन्यो, टोकन सिस्टमले सहज भयो, उनले भने, ´बायोमेट्रिक दिएर अधिकाँस उहीँ दिन काममा जान पाए । एनआरएनए कोष्टाव्लाङ्का अध्यक्ष सुरेश बज्राचार्यले शिविरले धेरैको समय र खर्च बचत भएको बताए । ´कामबाट विदा लिएर घण्टौँ यात्रामा म्याड्रिड पुग्नुपरेन, नजिकै सेवा पाए, उनले भने, ´क्षेत्रगत वर्षेनी शिविरहरु हुनुपर्छ भन्ने सन्देश पनि हो । समाजका संरक्षक स्मृति गौतमले हेल्प डेस्कमा समाज र एनआरएनए पनि सक्रियहुदा शिवीर व्यवस्थित हुन पुगेको बताइन् । समाजका अध्यक्ष केसरबहादुर थापाले शिविर सञ्चालन गरेकोमा राजदूतावासलाई धन्यवाद दिए । एनआरएनए स्पेनमा उपमहासचिव केशवराज कँडेलले निरन्तरको प्रयासमा छोटो अवधिमै शिविर आयोजना भएपनि उल्लेख्य सहभागीता हुन पुगेको बताए । ´शिविर यसपालि ऐतिहासिक रह्यो, सेवाग्राहीले कुनैपनि फजुल खर्च गर्नुपरेन, उनले भने, ´आगामी दिनमा पनि यस्तै व्यवस्थित शिविर हुनेछन् । राजदूतावासको टोलिले छिटोछरितो राहदानी सेवा दिदा सेवाग्राहीहरु प्रफुल्लित भएका थिए । २ सय ५२ जनाले राहदानीका लागि बायोमेट्रिक दिएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत