बिहिबार, असार २६, २०८२

“जुनिभरि हाँसेर” नामक नयाँ गीत सार्वजनिक


कान्तिपथ


नेपाली सांगीतिक बजारमा “जुनिभरि हाँसेर” नामक नयाँ गीतकोे म्यूजिक भिडियो सार्वजनिक भएको छ । म्यूजिक भिडियोमा चर्चित गायक एबं बहुप्रतिभाका धनी कृष्ण रेउले र गायिका निरन्ता नेम्वाङको सुमधुर स्वर रहेको छ ।

गीतमा निरन्ता नेम्वाङको शब्द रहेको छ भने कृष्ण रेउलेको संगीत रहेको छ। यस गीतको म्यूजिक भिडियोमा निर्देशन गायक स्वयम रेउलेले गरेका छन् भने विशाल स्याङ्जालीको कोरियोग्राफी, अजय रेग्मीको छायांकन, मिलन बिश्वकर्माको सम्पादन रहेको छ।

उक्त गीतको भिडियोमा चर्चित मोडेल तथा तृत्याङ्गना आरुशी मगर र गायक कृष्ण रेउलेको नृत्य देख्न सकिन्छ भने गायिका निरन्ता नेम्वाङ र हास्य कलाकार सन्तोष सेञ्चुरीको अभिनय रहेको छ। सो म्यूजिक भिडियो निरन्ता नेम्वाङ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

यस गीत मार्फत मेची–महाकालीको संस्कृति र भावना जोड्ने प्रयास गरेको बताउने कलाकार रेउले गायन, निर्देशन र अभिनयमा पनि त्यत्तिकै पोख्त छन् । मीठो स्वरका धनी गायक रेउले हास्य व्यंङ्ग्यमा पनि दख्खल राख्छन् । गायन, नृत्य र अभिनयमा ख्याति कमाएका रेउलेले निर्देशनमा भने पहिलो अनुभएको बताएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत