बिहिबार, असार २६, २०८२

कांग्रेस सांसद सन्तोष चालिसेमाथि अख्तियारको छानविन


कान्तिपथ


काठमाडौं । पछिल्लो समय उच्चपदस्थमाथि पनि अनुसन्धान र अभियोजनमा सक्रियता बढाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेसका अर्का नेतामाथि मुद्दा दायरको तयारी गरेको छ ।

काठमाडौं क्षेत्र नम्बर ३ का सांसद सन्तोष चालिसेमाथि आयोगले अनुसन्धान टुंगाएको छ । अकुत सम्पत्ति आर्जनको अभियोगमा उनीमाथि मुद्दा दायरको हाे ।

चालिसे संसदको अर्थ समितिका सभापति समेत हुन्।

चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर हुन् । मेयर हुँदा उनले करोडौं अकुत सम्पत्ति आर्जन गरेको भेटिएको छ । खासगरी जथाभावी प्लटिङलाई साथ दिएर गैरकाननूनी सम्पत्ति आर्जन गरेको आरोप उनिमाथि लाग्दै आएको छ ।

उनको पालामा जापानबाट ल्याएको उच्च प्रविधिको फोहोरमैला व्यवस्थापन सामग्रीमा समेत अनिमियतता गरेको स्थानीयहरुको गुनासो छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत