काठमाडौं । एकजना संघीय सांसदविरुद्ध बैकिङ कसुरमा मुद्धा परेको छ ।
दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद मेटमणि चौधरीविरुद्ध चेक अनादरमा मुद्धा परेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन तिमिल्सिनाले हुलाकमार्फतबाट सांसद चौधरीविरुद्ध चेन अनादरमा जाहेरी आएको बताए ।
जाहेरीमाथि अनुसन्धान भइरहेको र मुद्धा दर्ताको प्रक्रियामा रहेको उनले बताए ।
सांसद चौधरीविरुद्ध ५ करोड ४० लाखको चेक अनादर मुद्धा परेको हो ।
उनी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) का नेता हुन् ।
उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा दाङ १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ