काठमाडौं । लागूऔषध कारोबार भईरहेको विशेष सूचनाका आधारमा कोटेश्वर प्रभागबाट खटिएको प्रहरी टोलीले एक गेष्ट हाउसबाट ४ किलोभन्दा बढी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार, कोटेश्वरको पाहुना गेष्ट हाउसको कोठा नम्बर २०६ मा छापा मार्दा जिल्ला रामेछाप, मन्थली नगरपालिका–१० का सुरेश पुलामी मगरलाई लागूऔषध गाँजा ४ किलो १०० ग्रामसहित नियन्त्रणमा लिइएको हो।
उक्त लागुऔषधसहित पक्राउ परेका सुरेश पुलामीमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि उनलाई प्रहरी वृत्त नयाँबानेश्वरमा पठाइएको प्रहरी निरिक्षक यज्ञराज भट्टले जानकारी दिए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ