काठमाडौं । लागुऔषध कारोबारमा संलग्न रहेको विशेष सूचनाको आधारमा कोटेश्वर प्रभागबाट खटिएको प्रहरी टोलीले काठमाडौंको गौशलाबाट एक व्यक्तिलाई खैरो हिरोइनसहित पक्राउ गरेको छ।
२०८२ साल असार ५ गते दिउँसो करिब २ः३० बजे प्रहरीले रोयल सिराहा गेष्ट हाउसको कोठा नम्बर २ मा बसिरहेका सिरहा नगरपालिका–१० का अजय कुमार दासलाई पक्राउ गरेको हो।
उनको साथबाट १७.७९० ग्राम खैरो हिरोइन फेला परेको कोटेश्वर प्रभागका प्रहरी निरिक्षक यज्ञराज भट्टले कान्तिपथलाई जानकारी दिए।
प्रहरी स्रोतका अनुसार दास लागुऔषध कारोबारमा संलग्न रहेको भन्ने विशेष सूचनाको आधारमा निगरानी गर्दै जाँदा उनलाई गेष्ट हाउसबाट पक्राउ गरिएको हो।
उनलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी वृत्त नयाँबानेश्वरमा पठाइएको छ।
प्रहरीले लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै राजधानीका विभिन्न क्षेत्रहरूमा निगरानी तथा सूचना संकलनलाई तीव्र बनाएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ