बिहिबार, असार २६, २०८२

९ करोड घुस प्रकरणमा मेयर बस्नेत दोषी ठहर


गणेश विक


काठमाडौं । नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत ९ करोडभन्दा बढी घुस लिएको आरोपमा दोषी ठहर भएका छन्।

विशेष अदालतको इजलास अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको संयुक्त इजलासले बस्नेतलाई राजु कँडेलबाट ९ करोड २२ लाख रुपैयाँ घुस लिएको ठहर गरेको हो।

यससँगै अदालतले उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा समेत दोषी ठहर गरेको छ।

अदालतका अनुसार बस्नेतले १३ करोड १२ लाख रुपैयाँ ‘सम्पत्ति शुद्धीकरण’मार्फत आर्जन गरेका थिए।

अदालतले उनीमाथि कति वर्षको कैद र जरिवाना तोकिने भन्ने विषयमा असार १६ गते पेसी तोकेको छ।

यस मुद्दामा संलग्न बस्नेतकी श्रीमती उर्मिला बस्नेत भने सफाइ पाउँदै दोषमुक्त भएकी छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत