काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा धरौटी तिरेर रिहा भएलगतै माओवादी नेतृ अमला रोका पुन पक्राउ परेकी छन् ।
काठमाडौं जिल्ला अदालतले उनलाई आज २ लाख धरौटीमा रिहा गरेको थियो ।
धरौटी तिरेर रिहा भएलगत्तै उनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा पनि उनीविरुद्ध अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
६१ किलो सुन तस्करी प्रकरणमा नाम जोडिएपछि उनी फरार रहन्दै आएकी थिईन् । पुनविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी गरिएको थियो ।
रोकालालाई सीआईबीको टोलीले गत शुक्रबार काठमाडौंबाट पक्राउ गरेको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ