बिहिबार, असार २६, २०८२

एसीसी क्रिकेटः नेपाल जापानसँग भिडदै


कान्तिपथ


काठमाडौं । एसिसी मेन्स यु–१६ इस्ट जोन कपमा नेपालले आज जापानसँग खेल्दैछ।

लगातार दोस्रो जितको लक्ष्यमा रहेको नेपालले  आज जापानसँग मैदानमा उत्रिन लागेको हो ।

सो खेल मलेसियाको कोजल टुन्कु जाफर ओभलमा नेपाली समय अनुसार बिहान ७ः४५ बजे सुरु हुनेछ।

नेपाल र जापानले आफ्नो दोस्रो खेल खेल्दैछन्। 

नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो भने जापानले भुटानलाई २१५ रनको फराकिलो अन्तरमा हराएको थियो। 

विपिन प्रसाद शर्माको कप्तानीमा रहेको नेपाल प्रसिद्ध जैसी, रौनक श्रीवास्तव, सचिन भट्ट जस्ता खेलाडीका साथ मैदानमा हुनेछन् ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत