सोमवार, मंसिर २२, २०८२

एमाले नेता बस्नेतविरूद्ध रिट दर्ता गर्न उच्चको आदेश


गणेश विक


काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध मुद्दा नचलाउने निर्णयविरुद्धको रिट दर्ता गर्न उच्च अदालत पाटनले आदेश दिएको छ।

यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा बस्नेतविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो।

पीडितले मुद्दा नचलाउने निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेकी थिइन्, जसलाई सुरुमा रजिस्ट्रारले दरपिठ गरेका थिए।

बिहीबार न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको इजलासले मुद्दा नचलाउने सरकारी वकिलको कार्यालयविरुद्धको रिट दर्ता गर्न भनेको हो । २०८० चैतमा बस्नेतविरुद्ध भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौँमा ३१ वर्षीय एक युवतीले जाहेरी दिएकी थिइन् ।

तर, जिल्ला सरकारी वकिलको कार्यालयले २०८१ भदौ २६ गते उक्त मुद्दा नचलाउने निर्णय गरेको थियो । मुद्दा नचलाउने निर्णयविरुद्ध पीडित २०८१ माघ २० गते उच्च अदालत पाटन पुगेकी थिइन् ।

सङ्कलित सबुत र प्रमाणमा जाहेरीअनुसार मुद्दा चलाउन नपर्ने सरकारी वकिलको निर्णयलाई अन्यथा मान्न नमिल्ने भन्दै उच्चका रजिस्ट्रारले रिट दरपिठ गरिदिएका थिए । रिट दरपिठविरुद्ध सरकारी वकिल र प्रहरीलाई विपक्षी बनाउँदै पीडित बिहीबार इजलासमा पुगेकोमा इजलासले रिट निवेदन दर्ता गर्न आदेश गरेको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत