काठमाडौं। गायक दुर्गेश थापाले अस्ट्रेलियाका नौ वटा शहरमा धमाका मच्चाउने भएका छन् ।
दुश्मन हेरेको हेर्यै गीतबाट चम्किएका गायक थापा आगामी जुलाई १४ देखी अगस्ट ८ सम्म अस्ट्रेलियाका विभिन्न नौ शहरमा पुगी सांगितीक प्रस्तुती दिने भएका हुन् ।
त्यसका लागी आफ्नो बाबु आमासहित दश हजार तिन सय तिरानव्वे फिटको उचाइमा रहेको बाग्लुङको प्रसिद्ध मन्दिर घुम्टे सिद्ध भैरवको दर्शन समेत गरेका थिए ।
दुर्गेशले आफ्नो बाबु आमालाई समेत सोहि हेलिकप्टरमा सँगै लिएर गएका थिए । उक्त कार्यक्रमको सोही दिन हेलिकोप्टरबाटै सम्झौता गरिएको थियो । ब्रिज रक्स र नेप ब्रिजवेनले संयुक्त रुपमा आयोजना गर्ने उक्त कार्यक्रमको दुर्गेश संग सत्य थापाले सम्झौता गरेको आयोजक संस्थाले जनाएको छ ।
दुर्गेशलाई अस्ट्रेलियाको कार्यक्रममा लैजानका लागि करिब तीन करोड खर्च हुने अनुमान गरिएको आयोजक अरुण तिवारीले बताए ।
तिवारीका अनुसार आगामी जुलाई १४ देखि अगस्ट ८ तारिखसम्म दुर्गेशले अस्ट्रेलियामा प्रस्तुती दिने छन् । सम्झौतामा १४ जुलाईमा व्रीजवेन, १७ जुलाईमा होबार्ट, २० जुलाई पर्थ, २३ जुलाई मा न्युकासल, २५ जुलाईमा क्यानबेरा, २७ जुलाई सिड्नी, १ अगस्टमा डार्बिन, ४ अगस्ट मेलबर्न र ८ अगस्ट एडिलेडमा दुस्मन हेरेको हेर्यै गीतको प्रस्तुती दिनेछन् ।
पाच महिनाको अवधीमा युट्युब मार्फत १० करोड न्यूज पाएको सो गीतका लागि प्रधानमन्त्री केपी ओली समेतले सामाजिक सन्जालबाट बधाई दिएका छ्न ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ