काठमाडौं । लागूऔषध मुद्दाका फरार प्रतिवादी भक्तपुर मध्यपुर थिमी नगरपालिका-९ बस्ने ३१ वर्षीय कुशल राजबाहकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको २०७८ पुस २० गतेको फैसलाले १ वर्ष कैद सजाय र ५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर मध्यपुर थिमीबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ