बिहिबार, असार २६, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँसहित ५२ जना पक्राउ

डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँसहित ५२ जना पक्राउ


गणेश विक


काठमाडौँ । गैरकानुनी रुपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँ नागरिकसहित ५२ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विशेष सूचनाको आधारमा ललितपुर महानगर-४ वालिफलस्थित दमकल चोकमा रहेको घरमा डेटिङ एप संचालन गरेको जनाएको छ ।

ब्युरोले सो को शाखा कार्यालयको काठमाडौँ महानगर-१३ चागलमा एक घर भाडामा लिएर विभिन्न नेपाली युवतीहरुलाई प्रलोभनमा पारि डेटिङ एप मार्फत अनलाइन डेटिङ स्क्याम तथा क्रिप्टो कारोबार गरिरहेको अवस्थामा ६ चिनियाँ नागरिकसहित ५२ जना पक्राउ परेको जानकारी दिएको छ । साथै निजहरुको साथबाट स्रोत नखुलेको १३ लाख ९९ हजार ९५० नगद समेत बरामद भएको छ ।

ब्युरोले ५२ जना व्यक्तिहरु पक्राउ परेकोमा कारोबारमा संलग्न मुख्य ६ जना निम्न चिनियाँ नागरिकहरु उपर अभौतिक मुद्रा सम्बन्धी मुद्धा दर्ता गरी बाँकी ४६ जना उपर थप अनुसन्धान भईरहेको जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत