बिहिबार, असार २६, २०८२

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ


गणेश विक


बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नागार्जुन नगरपालिका-१० स्युचाटर बस्ने सिन्धुली दुधौली नगरपालिका-३ घर भएका ३० वर्षीय बिक्रम चौहानलाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०८० जेठ २ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद, ६ लाख १० हजार रूपैयाँ जरिवाना र क्षतिपुर्ती बापत २० हजार ४ सय रूपैयाँ पीडित राहत कोषमा बुझाउने पर्ने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नागार्जुन नगरपालिका-१० स्युचाटारबाट पक्राउ गरेको हो ।  

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 


सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत