चन्द्रागिरि नगरमा अब क्रिकेट खेलको प्रशिक्षण निरन्तर रुपमा उपलब्ध हुने भएको छ।
चन्द्रागिरि क्रिकेट एसोसिएसन नेपालले साउन महिनाबाट नियमित रुपमा क्रिकेट प्रशिक्षण दिने भएको हो ।
सालभर नै सञ्चालन हुने सो प्रशिक्षण थानकोटस्थित कभर्ड हलमा सञ्चालन हुने चन्द्रागिरि क्रिकेट एशोसियसनका अध्यक्ष प्रजिवन प्रधानले जानकारी दिए ।
प्रशिक्षण साप्ताहिक रुपमा ३ दिन दैनिक २ घण्टा सञ्चालन हुनेछ ।
जसका लागि भर्ना शुल्क १ हजार ५ सय रुपैयाँ र मासिक शुल्क १ हजार रुपैयाँ तिर्नुपर्ने बताइएको छ ।
महिला खेलाडिको लागि ५०% छुटको ब्यवस्था रहेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ