काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश अध्यक्ष तथा पूर्व प्रदेश सांसद अशोक कुमार यादव लगातार आपराधिक र अनुशासनहीन क्रियाकलापमा संलग्न हुँदै आएका छन्।
प्रहरी तथा अदालतका अभिलेखअनुसार हालसम्म यादवविरुद्ध ९ वटा आपराधिक मुद्दा दर्ता भइसकेका छन्।
विशेषतः अभद्र व्यवहार र हिंसात्मक गतिविधिहरूमा बारम्बार मुछिनुले सार्वजनिक जीवनमा यादवको चरित्र र नैतिकतामाथि गम्भीर प्रश्न उठेको छ।
प्राप्त विवरणअनुसार यादवमाथि दर्ता मुद्दाहरूमा चोरीसम्बन्धी १ वटा, अभद्र व्यवहारसम्बन्धी ५ वटा, ज्यान मार्ने उद्योग १ वटा, आपराधिक उपद्रव १ वटा, र सार्वजनिक सेवा अवरुद्ध गर्ने कसूर १ वटा गरी हालसम्म ९ वटा मुद्दा दर्ता भएका छन्।
यादवमाथि पहिले चलेका प्रमुख मुद्दाहरू:
१) चोरी मुद्दा (१ वटा)
मिति: २०६६ साल असोज १०
विवरण: लेखापालसँग भएको नगद लुटपाट र गाडीको सिसा फोडेको आरोपमा मुद्दा दर्ता।
२) ज्यान मार्ने उद्योग (१ वटा)
मिति: २०७७ साल जेठ २७
विवरण: सडकको जग्गा विवादमा कुटपिट गर्दै ज्यान लिन खोजेको आरोप।
३) अभद्र व्यवहारसम्बन्धी मुद्दाहरू (५ वटा)
मिति २०५७।०९।०८: व्यक्तिलाई गालीगलौज र हातपात।
मिति २०७२।०९।०५: प्रशासन कार्यालयमा तोडफोड र कर्मचारीलाई धम्की।
मिति २०७२।११।४५: ड्युटीमा खटिएको प्रहरीलाई गालीगलौज।
मिति २०७३।०४।१३: सरकारी कार्यालयमा अनाधिकृत प्रवेश, धम्की र आक्रामक व्यवहार।
मिति २०७३।०८।२९: प्रहरी चेकजाँचमा अवरोध, गालीगलौज र हातपात प्रयास।
स्रोतका अनुसार पछिल्लो पटक सर्लाहीका प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कासँग यादवबीच टेलिफोनमा भएको धम्कीपूर्ण कुराकानीको अडियो सार्वजनिक भएपछि उनी पुनः विवादमा तानिएका छन्। यसै घटनाको सिलसिलामा जिल्ला अदालत सर्लाहीले अशोक यादवविरुद्ध पक्राउ पूर्जीसमेत जारी गरिसकेको छ।
यादवको यस्ता गतिविधिहरूले मधेश प्रदेश मात्र होइन, समग्र राजनीतिक वृत्तमा पनि प्रश्नको घेरो सिर्जना गरेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ