काठमाडौं । समाजवादी प्रेस संगठनका उपत्यका प्रदेशका सहसचिव तथा नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाका कार्यसमिति सदस्य एवं राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय पार्षद गणेश बिक प्रेस चौतारी नेपालमा प्रवेश गर्नुभएको छ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी निकट समाजवादी प्रेस संगठन परित्याग गरी हिजाे आईतबार (एमाले) निकट प्रेस चौतारीमा प्रवेश गर्नुभएको हो।
बिक खप्तडटीभीका सम्पादक हुन्।
पत्रकार बिकलाई वरिष्ठ पत्रकार विश्वमणि सुवेदी, प्रेस चौताकारी नेपालका निवर्तमान अध्यक्ष गणेश बस्नेत, चौतारीका वर्तमान अध्यक्ष गणेश पाण्डे र महासचिव हिरामान लामाले स्वागत गर्नुभयो ।
समाजवादी प्रेस संगठनले गरेको विभेदपूर्ण व्यवहार गरेको भन्दै उक्त संगठन परित्याग गरी प्रेस चौतारीमा प्रवेश गरेको पत्रकार बिकले बताउनु भयो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ