दोलखा । साइबर अपराध र ट्राफिक नियमका सम्बन्धमा सचेतना जगाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय दोलखा, ट्राफिक प्रहरी कार्यालय दोलखा र चरिघ्याङ टोल सुधार समितिको संयुक्त आयोजनामा विशेष कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम दोलखास्थित छोरोल्पा नर्सिङ कलेजका विद्यार्थीहरूसँग आयोजना गरिएको थियो।
सचेतना कार्यक्रमका क्रममा विद्यार्थीहरूलाई अनलाइन ठगीबाट बच्ने उपाय, सामाजिक सञ्जालको सुरक्षित र जिम्मेवार उपयोग, साइबर सुरक्षाका महत्वपूर्ण पक्षहरू तथा ट्राफिक नियमको पालना गर्दा हुने फाइदाबारे विस्तृत जानकारी दिएको हाे।

सहभागी विद्यार्थीहरूले यस्ता कार्यक्रमले आफूहरूलाई डिजिटल युगमा सुरक्षित रहन र सडक दुर्घटनाबाट बच्न महत्वपूर्ण ज्ञान दिने प्रतिक्रिया दिएका थिए।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरूले साइबर अपराधसम्बन्धी बढ्दो चुनौतीलाई ध्यानमा राखी सबैलाई सचेत रहन आग्रह गरे।
साथै, ट्राफिक प्रहरीका अधिकारीहरूले सडक सुरक्षा सुनिश्चित गर्न ट्राफिक नियमको पालना अनिवार्य रहेको स्पष्ट पारे।

संयुक्त आयोजक संस्थाहरूले आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ