काठमाडौँ । रास्ट्रपति रामचन्द्र पौडेलले ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ सामाजिक अभियान्ता पदम सुन्दासलाइ प्रदान गर्नु भएको छ ।
मानव अधिकार तथा शान्ति समाजले यसवर्षको ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ सामाजिक न्यायका लागि विशिष्ट योगदान पुर्याएको भन्दै पुर्ब राजबुत सुन्दासलाई प्रदान गरेको हो ।
शान्ती समाजले शितल निवासस्थित रास्ट्रपति कार्यालयमा आज आयोजना गरेको ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ प्रदान कार्यक्रममा रास्ट्रपति पौडेलले सामाजिक न्यायका लागि विशिष्ट योगदान पुर्याए बापत समता फाउन्डेसनक पुर्ब अध्यक्ष सुन्दासलाई
सो पुरस्कार प्रदान गर्नुभएको हो ।
पुरस्कारको राशी १ लाख १० हजार रुपैयाँ छ । पुरस्कृत सुन्दास २०७४ देखि ७८ सम्म ४ वर्ष बहराइनका लागि नेपालको राजदुत रहेर काम गर्नुभएको थियो ।
२००२ साल असार ३२ गते भोजपुरमा जन्मिएका सुन्दास विगत तीन दशकदेखि सामाजिक न्यायका क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।
सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका सुन्दासले २०६८ सालमा प्रधानमन्त्री कार्यालयअन्तर्गत राष्ट्रिय स्तरको सल्लाहकार समितिको सदस्य (जातीय भेदभाव तथा छुवाछुत अन्त्य तथा दलित अधिकार प्रवर्द्धन संयन्त्र) को रुपमा समेत भूमिका निर्वाह गर्नुभएको थियो ।
सुन्दासले २०७२ सालमा दलितमैत्री संविधानको लागि तीन महिने शान्तिपूर्ण संयुक्त दलित आन्दोलनमा नागरिक समाजको संयोजकको भूमिका समेत निर्वाह गर्नुभएको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ