आइतवार, फाल्गुन २४, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • संविधान संशोधनको प्रक्रिया तत्काल सुरु गर्ने :पुर्व प्रधानमन्त्री देउवा

संविधान संशोधनको प्रक्रिया तत्काल सुरु गर्ने :पुर्व प्रधानमन्त्री देउवा


देव चौलागाईं


नेपाली कांग्रेस सभापती तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालै  संविधान  संसोधन(परिमार्जन) प्रकिया सुरु गर्ने बताएका छन् । नेपाली कांग्रेसको बैठकको अन्त्यमा देउवाले  परिमार्जन गर्नका लागि पार्टीबाट पनि कार्यदल बनाउने बताएका हुन् ।

उनका अनुसार, विभिन्न समुदाय र क्षेत्रका मागलाई सम्बोधन गर्न संविधानको केहि प्रावधानहरूमा समावेशी र व्यावहारिक संशोधन आवश्यक रहेको भन्दै प्रक्रिया अगाडि बढाइनेछ।

उनले संशोधनको प्रक्रिया तत्काल सुरु गर्ने गरी छलफल भइरहेको बताए । देउवाले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म जाने बताए ।गठबन्धनका क्रममा सानातिना समस्या देखिनु स्वाभाविक भएको बताउँदै देउवाले ती समस्यालाई समाधान गर्दै अघि बढिने बताए । 

साथै पार्टी प्रवक्ता प्रकाशशरण महतले दलहरूसँगको छलफल र आवश्यकताका आधारमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने गरी कार्यदल गठन गर्ने निर्णय भएको बताए।

‘कांग्रेस-एमालेबीच गठबन्धन हुने क्रममा सात बुँदे सहमति भएको थियो। त्यसमा संविधान संशोधनको विषय पनि समेटिएको थियो। ढिलै भए पनि त्यो प्रक्रियालाई अघि बढाउने निर्णय भएको छ। त्यसका लागि कार्यदल बनाएर आवश्यकताका आधारमा संविधान संशोधनको विषय निर्क्योल गर्ने र एमालेलगायत अन्य दलसँग पनि छलफल गर्ने निर्णय भएको छ,’ उनले भने।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत