काठमाडौं । अभियन्तामाथि योजनाबद्ध कुटपिट गरेको आरोपमा ३ जना युवक पक्राउ परेका छन् भने घटनाका मुख्य आरोपी सन्जय लामा विदेश फरार भएका छन्।
पक्राउ परेका व्यक्तिहरूमा दिनेश चाम्लिङ राई, डिकेश घिसिङ, र रञ्जन सापकोटा रहेका छन्। उनीहरूलाई शनिबार बौद्ध प्रहरीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जयश्वर रिमालको टोलिले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी कार्य जारी छ।
मुख्य योजनाकारको रूपमा सन्जय लामालाई चिनिएको छ, जो हाल कोरिया फरार भएका छन्।

अभियन्ताहरूले लामालाई गोकर्णेश्वर नगरपालिकाको संरक्षित व्यक्तिका रूपमा आरोप लगाउँदै आएका छन्।
लामा गोकर्णेश्वर नगरपालिका अन्तर्गतको युवा तथा खेलकुद विकास समितिका सभापति समेत हुन्।
घटनामा पीडित बनेका अभियन्ता आदर्श क्षेत्री र उनका साथीहरूले गोकर्णेश्वर नगरपालिकामा भइरहेको भ्रष्टाचार र अनियमितता विरुद्ध अभियान चलाउँदै आएका थिए।
नारायणटारस्थित एक निजी अस्पतालको पार्किङ व्यवस्थापनमा भएको आर्थिक अनियमितता सार्वजनिक गरेपछि उनीहरू निशानामा परेको बताइएको छ।
पीडित पक्ष र स्थानीय नागरिक अभियन्ताहरूले सञ्चय लामामाथि इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरी नेपाल फर्काएर कारबाही गर्न माग गरेका छन्।
साथै घटनामा संलग्न सबैलाई तत्काल कानुनी दायरामा ल्याउन दबाब बढ्दै गएको छ।
अहिलेसम्म नगरपालिकाको तर्फबाट कुनै औपचारिक प्रतिक्रिया आएको छैन। तर घटना सार्वजनिक भएसँगै स्थानीय तहमा कुशासन, संरक्षणवाद र नागरिक दमनको आरोप झनै चर्किएको छ।
यस समाचारमा कुनै असहमति तथा गुनासो छ भने ९८४८६४००९० मा सम्पर्क गर्न सक्नुहुनेछ : सम्पादक
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ