कर्नाटक, असार २९ गते प्रवासी नेपालीहरूको संगठन प्रवासी मञ्च कर्नाटकअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवासी शान्तिनगर समिति तथा बित्थडचिर गाउँपालिका समिति गठन गरिएको छ।
गठन कार्यक्रम रास्वपाका केन्द्रीय उपप्रमुख दीपकराज आचार्य र केन्द्रीय अनुशासन विभाग प्रमुख पहल एन्जीको विशेष उपस्थितिमा सम्पन्न भएको हो।
उपस्थित नेताहरूले नवगठित समितिलाई शुभकामना दिँदै प्रवासी भूमिमा रहेर पनि राष्ट्रिय राजनीति र देशप्रेममा सक्रिय रहन आग्रह गरे।
नवगठित समितिको नेतृत्व बसन्त धामीले सभापतिको रूपमा गर्ने भएका छन्।
उपाध्यक्षमा विनोद नेपाली, सचिवमा टेकेन्द्र धामी, सहसचिवमा नरेश कडायत, कोषाध्यक्षमा नरेश अवस्थी र सह–कोषाध्यक्षमा यज्ञराज अवस्थी चयन भएका छन्।
त्यस्तै प्रवक्ताको जिम्मेवारी महेश बिष्टले पाएका छन् भने सह–प्रवक्तामा हरमल धामी चयन भएका छन्। मोहनप्रसाद जोशी सल्लाहकार प्रमुखका रूपमा र सुरेश बिष्ट सल्लाहकारका रूपमा रहेका छन्।
समितिमा सदस्यका रूपमा हर्क धामी, दीपक स्याडा, नरेन्द्र रोकाया, प्रेम रोकाया, कृष्ण भाट, जगदीश बिष्ट, विष्णु खड्का, पार्वती धामी र यमुना धामी रहेका छन्।
स्थानीय प्रतिनिधि सुसिल ओखेडाले कार्यक्रममा बोल्दै प्रवासी भूमिमा पनि संगठन सुदृढ बनाउँदै देशप्रेमको भावना मजबुत बनाउन आवश्यक रहेको बताए। उनले नयाँ समितिले प्रवासी क्षेत्रमा राजनीतिक चेतना फैलाउने र पार्टीको गतिविधिलाई अझ सक्रिय बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ