शुक्रबार, चैत्र २७, २०८२

सिरियामा हिंसा भडकिदाँ ९४० बढीको मृत्यु


गणेश विक


गत शनिवार देखी सिरियामा भडकिएको हिंसामा परी अहिलेसम्म ९४० जनाको मृत्यु भएको पुष्टी भएको छ।

सिरियाको ड्रुज बहुल स्वेडा क्षेत्रमा शनिबार देखी अचानक बढेको साम्प्रदायिक हिंसाको क्रममा करिब १ हजार जनाले ज्यान गुमाएका हुन् ।

सो क्षेत्रमा बिगत २ दिन देखी मेसिन गन र मोर्टारको गोलाबारीको आवाज तिब्र रूपमा सुनिएको थियो । इस्लामिक नेतृत्वको सरकारले धेरै दिनको हिंसा पछि युद्धविराम लागू गर्न असफल भएको जनाइएको छ ।

खासमा सो हिंसा ड्रुज समुदाय र बेदुइन जनजातिहरू बीचको झडपबाट सुरु भएको थियो। अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म कति जना  हताहत भइसकेका छन, त्यो अझै आधिकारिक रूपमा पुष्टि भने भइसकेको छैन। तर, सिरियाली सरकारले मुलुकको दक्षिणी क्षेत्रमा सुरक्षा बल तैनाथ गरेको भए पनि हिंसा भने अझै रोकिएको छैन् ।

तर, शनिबार राति सिरियाको गृह मन्त्रालयले स्वेडा सहरमा झडप रोकिएको र बेदुइन आदिवासी लडाकुहरूलाई हटाएको दाबी गरे पनि त्यो झुटो भएको स्थानिय मिडियाले उल्लेख गरेका छन् ।

बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार गत हप्ता देखी स्वीडा वरपरका जारी झडपमा कम्तिमा अहिलेसम्म ९४० जनाको मृत्यु भएको दावी गरेको छ ।

उसका अनुसार सो क्षेत्रमा सरकारले तनाव कम गर्न सेना पठाएपछि उनीहरूले ड्रुज लडाकुहरूसँग पनि झडप भएको थियो । ड्रुज र बेदुइन शनिबार फेरि आमने सामने पछि स्थिति नियन्त्रण भन्दा बाहिर गएको जनाइएको छ ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत