मङ्लबार, माघ ६, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • नवलपुर एकेडेमीमा अध्ययनरत १४ वर्षीय कृषिका थापा बेपत्ता

नवलपुर एकेडेमीमा अध्ययनरत १४ वर्षीय कृषिका थापा बेपत्ता


गणेश विक


नवलपुर एकेडेमीमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीय  छात्रा कृषिका थापा हिजो विहानदेखि बेपत्ता भएकी छिन्।

विद्यालय प्रशासनका अनुसार कृषिका हिजो  विहान अन्दाजी ७:०० बजे घरबाट निस्किएकी थिइन् तर हालसम्म घर नफर्किएकाले उनी हराएको आशंका गरिएको छ।

नवलपुर एकेडेमीका अनुसार कृषिका थापाको खोजीका लागि विद्यालयले सम्बन्धित निकायसँग सम्पर्क गरिरहेको छ। साथै विद्यालयले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत पनि छात्रा हराएको सूचना सार्वजनिक गर्दै आम सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ।

छात्रा कृषिका थापा देखिएमा वा उनीबारे कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा निम्न फोन नम्बरहरूमा तुरुन्त सम्पर्क गर्न विद्यालय र परिवारजनले अनुरोध गरेका छन्:

📞 ९८५७०३००८०
📞 ९८४४७४९३१३
📞 ९८४७०९५०९१
📞 ९७४८४३८४८४

विद्यालय प्रशासन र कृषिकाको परिवारले छिट्टै उनको सकुशल फिर्तीको अपेक्षा व्यक्त गरेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत