मङ्लबार, फाल्गुन ५, २०८२
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • दार्चुला जिल्ला प्रहरी कार्यालय ‘सर्वोत्कृष्ट’ घोषित, डिएसपी दाहाल सम्मानित

दार्चुला जिल्ला प्रहरी कार्यालय ‘सर्वोत्कृष्ट’ घोषित, डिएसपी दाहाल सम्मानित


गणेश विक


काठमाडौँ । जिल्ला प्रहरी कार्यालय दार्चुलाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यसम्पादन मूल्याङ्कनमा ‘सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय’को उपाधि हात पारेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित वार्षिक समीक्षा कार्यक्रममा दार्चुलाले सबै जिल्लालाई पछि पार्दै उत्कृष्टताको उपाधि जितेको हो। कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) डम्बर बहादुर बिकको प्रमुख आतिथ्य रहेको थियो।

श्रावणदेखि असार मसान्तसम्मको कार्यसम्पादन मूल्याङ्कनका आधारमा दार्चुला प्रहरीले सबैभन्दा बढी लक्ष्य हासिल गर्दै उच्चतम अंक प्राप्त गरेको तथ्याङ्कले पुष्टि गरेको छ।

उक्त उपलब्धिपछि कार्यक्रममार्फत डिएसपी प्रकाश दाहाल नेतृत्वको जिल्ला प्रहरी कार्यालय दार्चुलालाई ‘सर्वोत्कृष्ट’ घोषणा गर्दै सम्मान गरिएको हो।

डीआईजी बिकले डिएसपी दाहाललाई प्रशंसा–पत्र प्रदान गर्दै उनको नेतृत्वमा दार्चुला प्रहरीले देखाएको प्रतिबद्धता, शिस्त, सेवा प्रभावकारिता र जनमैत्री कार्यशैलीको प्रशंसा गरे। साथै, उनले आगामी दिनमा समेत यस्तो उत्कृष्टता कायम राख्न शुभकामना व्यक्त गरे।

दार्चुला प्रहरीले समुदाय–मैत्री policing, अपराध नियन्त्रण, जनसहभागिता, सेवा चुस्तता लगायतका सूचकमा उल्लेखनीय प्रगति गर्दै प्रदेशस्तरमा उदाहरणीय प्रदर्शन गरेको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत