काठमाडौं — नेकपा माओवादी केन्द्रले नेकपा (विप्लव समूह) सँग पार्टी एकता गर्ने औपचारिक निर्णय गरेको छ।
मंगलबार बसेको स्थायी कमिटी बैठकपछि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले विप्लव नेतृत्वको नेकपासँग छिट्टै वार्ता समिति गठन गरी एकताको प्रक्रिया अघि बढाउने जानकारी दिए।
उनका अनुसार, “विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय भएको छ, र अब वार्ता समिति बनाएर कार्यान्वयनतर्फ जाने सहमति भएको छ।”
यसअघि पनि माओवादी केन्द्रले विप्लवसँग पार्टी एकताको चर्चा गरेका थिए, तर ती प्रयासहरू रणनीतिक घोषणामा मात्र सीमित भएका थिए।
केही दिनअघिसम्म माओवादीले नेकपा (एकीकृत समाजवादी) सँग समेत पार्टी एकताको विषयमा संवाद गरिरहेको थियो।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ