गुन्डा नाइके राजु गोर्खाली बैंकिङ कसुर आरोपमा पक्राउ
काठमाडौं — गुन्डा नाइकेको रूपमा चिनिएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उनलाई चन्द्रागिरिबाट पक्ाउ गरेको हो।
प्रहरी स्रोतका अनुसार गोर्खालीलाई बैंकिङ कसुरको आरोपमा नियन्त्रणमा लिइएको हो | करोडौं रुपैयाँ को चेकको भुक्तानी गर्न नसकेको कारण उनी पक्ाउ परेका हुन् ।

यसअघि, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट नेपाली कांग्रेसको उम्मेदवारका लागि सिफारिसमा परेका थिए। तर अन्ततः पार्टीले उनलाई टिकट नदिएको थियो।
