कञ्चनपुरमा बलात्कार आरोपमा नगर प्रहरी इन्चार्ज पक्राउ परेका छन् । भीमदत्त नगरपालिकाका नगर प्रहरी इञ्चार्ज रहेका ३२ वर्षीय सहायक निरीक्षक सुरेन्द्र बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।
उनका अनुसार साउन ३० गते ३२ वर्षीया एक महिलाले बोहराविरुद्ध जबरजस्ती करणी आरोप लगाउँदै जाहेरी दिएकी थिइन् । जाहेरीकी आधारमा बोहरालाई पक्राउ गरिएको डीएसपी बोहराले बताए ।
‘जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका डीएसपी बोहराले भने ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ