शुक्रबार, कार्तिक २१, २०८२

नेपाल प्रहरीको सफलता: ४ करोडभन्दा बढी नगद र बहुमूल्य धातुसहित ९ जना पक्राउ

राजधानी काठमाडौंमा प्रहरीले अवैध कारोबारको ठूलो नेटवर्क पर्दाफास गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले ४ करोड २६ लाख ८० हजार ५ सय नगदसहित १ किलोभन्दा बढी सुनका गरगहना र २ किलो ३ सय ग्रामभन्दा बढी चाँदी बरामद गरेको छ। यस घटनामा संलग्न ९ जना व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकासँग प्रहरीले नियन्त्रणमा लिएका सामग्री यसप्रकार छन्:

💰 नगद: रु. ४,२५ ५०,५००

🪙 सुन: ९ किलोभन्दा बढीका विभिन्न गरगहना🥈 चाँदी: २ किलो ३ सय ग्रामभन्दा बढीका गरगहनप्रहरीको भनाइ

जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी अपिलराज बोहराका अनुसार पक्राउ परेकामाथि विस्तृत अनुसन्धान भइरहेको छ। प्रहरीले यसलाई ठूलो वित्तीय अपराध र अवैध सम्पत्ति कारोबारसँग जोडिएको घटना मानेको छ।

प्रहरीले अझै अनुसन्धान जारी रहेको र यस घटनामा संलग्न अन्य व्यक्तिहरूमाथि पनि कारबाही हुन सक्ने जनाएको छ।

नेपाल प्रहरीले अवैध सुन, चाँदी र नगद कारोबारका विरुद्ध निगरानी कडा बनाएको जनाएको छ। दोषी प्रमाणित हुनेहरूमाथि कानूनअनुसार कडा सजाय हुने चेतावनीसमेत दिएको छ ।

पक्राउ परेका सामाग्रीको विवरण तल दिइएको छ

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत