शुक्रबार, कार्तिक २१, २०८२

पूर्व प्रधानमन्त्री ओलीविरुद्ध कर्तव्य ज्यानको मुद्दा

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यानको मुद्दा दिइएको छ ।
कांग्रेस नेता तथा पूर्व सांसद अभिषेकप्रताप साहले पूर्वप्रधानमन्त्री प्रधानमन्त्री ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय कपिलवस्तु मार्फत महानगरीय प्रहरी वित्त नयाँ बानेश्वर काठमाडौंमा कर्तव्य ज्यानको मुद्दा दिएका छन् ।
नेता साहले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई जारी पत्र बुझाएका हुन् । प्रजिअ तामाङले जाहेरी पत्र आफूले सम्बन्धित निकायमा पुर्‍याउने बताए ।
पूर्वप्रधानमन्त्री प्रधानमन्त्री ओलीको आदेशले नै सुरक्षाकर्मीले गोली चलाउँदा थुप्रै मान्छेको ज्यान गएको आरोप लगाइएको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत