बौद्धस्थित भाटभटेनीमा चार शव फेला
शनिबार बेलुकी बौद्धस्थित भाटभटेनी सुपर स्टोरमा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ। आगलागीका कारण पहिचान गर्न कठिन भएको शव सबै पुरुष रहेको पुष्टि भएको छ।

उनीहरूको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।
जेनजी आन्दोलनका क्रममा भाटभटेनीसहित देशभरका सरकारी तथा निजी संरचनामा आगजनी भएको थियो।
