शहीद Gen-Z पार्क निर्माणको माग गर्दै काठमाडौंमा प्रदर्शन
आफूले जम्मा गरेको बचत रकम फिर्ता नपाएर लामो समयदेखि आन्दोलनरत सहकारी पीडितहरूले आज काठमाडौँमा प्रदर्शन गरेका छन्। ‘सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ)’ को ब्यानरमा उनीहरूले शान्तिपूर्ण आन्दोलनको घोषणा गरेका हुन्।
अभियानले सहकारी ठगीका साथै Gen-Z आन्दोलनमा ज्यान गुमाएका को सम्मानमा शहीद पार्क निर्माण गर्नुपर्ने माग अघि सारेको छ।
प्रदर्शनका क्रममा प्रयोग गरिएको ब्यानरमा “सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ) ले शहिद Gen-Z पार्क निर्माण गर्न माग सहितको शान्तिपूर्ण आन्दोलनको घोषणा” लेखिएको छ। ब्यानरमा शहीद Gen-Z पार्क र स्वर्गीय आयुस थापाको तस्बिर पनि राखिएको छ, जसले यो आन्दोलन सहकारी ठगीबाट पीडित तथा दिवंगत भएकाहरूको न्यायका लागि केन्द्रित रहेको देखाउँछ।

पछिल्लो समय देशका विभिन्न सहकारी संस्थामा देखिएको आर्थिक संकटका कारण लाखौँ बचतकर्ताको अर्बौं रुपैयाँ डुबेको छ। आफ्नो बचत फिर्ता पाउनुपर्ने माग राख्दै पीडितहरूले निरन्तर विभिन्न किसिमका दबाबमूलक कार्यक्रमहरू गर्दै आएका छन्।
