शुक्रबार, कार्तिक २१, २०८२

नवनियुक्त प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी तीव्र बनाइन्

प्रधानमन्त्री सुशीला कार्कीले आज बेलुकीसम्म मन्त्रिपरिषद् विस्तार गर्ने उद्देश्यसहित छलफललाई गति दिएकी छन्। पाँच जना मन्त्रीको नाम टुंग्याउने दिशामा काम भइरहेको उनको निकट स्रोतले जनाएको छ।

शपथग्रहणलगत्तै दुई–तीन सदस्यीय सानो मन्त्रिमण्डल बन्ने अनुमान गरिए पनि शुक्रबार पदबहालीपछि कार्कीले मन्त्रिपरिषद् निर्माण गरेकी थिइनन्। शनिबार उनले दिनभर अस्पतालमा घाइते भेट्ने र जलेका प्रहरी कार्यालय निरीक्षण गर्ने कार्यमै समय खर्चिएकी थिइन्, जसकारण मन्त्रिमण्डल विस्तारबारे औपचारिक छलफल हुन पाएन।

आइतबार बिहानदेखि भने उनले यस विषयलाई प्राथमिकता दिँदै सम्भावित मन्त्रीहरूसँग लगातार छलफल गरिरहेको स्रोतको भनाइ छ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत