शुक्रबार, कार्तिक २१, २०८२

काठमाडौंबाट ७ थान पेस्तोल र ३३ राउण्ड गोलीसहित एक युवक पक्राउ


कान्तिपथ


प्रहरीले काठमाडौंको खरिबोट ठूलो परिमाणमा हतियार र अन्य शंकास्पद सामग्रीसहित एक युवकलाई पक्राउ गरेको छ। ट्याक्सीमा हतियार लुकाएर राखेको अवस्थामा ७ थान चाइनिज पेस्तोल, ६ वटा म्यागजिन र ३३ राउण्ड गोलीसहित उदयपुरका ३० वर्षीय हिरा बहादुर मगरलाई आइतबार साँझ पक्राउ गरिएको हो।
काठमाडौं महानगरपालिका-१६, खरिबोट एक कार वास सेन्टरको पार्किङमा राखिएको ट्याक्सीमा अवैध हतियार लुकाएको भन्ने विशेष सूचनाको आधारमा उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त टोलीले छापा मारेको थियो। प्रहरीले बागमती प्रदेश ०१-००२ प ६४४९ नम्बरको ट्याक्सीको डिक्की खानतलासी गर्दा उक्त हतियार फेला पारेको हो।
प्रहरीले मगरको साथबाट बरामद गरेका सामग्रीहरू:

  • ‘टाइप ५४’ लेखिएको चाइनिज पेस्तोल: ७ थान
  • पेस्तोलको म्यागजिन: ६ थान
  • ७.६२ एमएमको एसएलआर गोली: ३३ राउण्ड
  • नेपाल प्रहरीको रेनकोट: १ जोर
  • विभिन्न व्यक्तिका ब्लुबुक र लाइसेन्स: ११ थान.

पक्राउ परेका मगर उदयपुरगढी गाउँपालिका-८ का स्थायी बासिन्दा भई हाल काठमाडौंको तारकेश्वर-५ लोलाङमा बस्दै आएको छ। उनलाई नियन्त्रणमा लिई बरामद गरिएका हतियार तथा अन्य सामानबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत