राष्ट्रिय बहिरा महासङ्घ नेपालले साङ्केतिक भाषासम्वन्धी संविधान र कानूनी व्यवस्थालाई व्यवहारिक रुपमै प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गरेको छ । साङ्केतिक भाषाहरुको अन्तर्राष्ट्रिय दिवसको अवसरमा महासङ्घले यहाँ आयोजना गरेको ‘साङ्केतिक भाषा गोष्ठीमा’ अध्यक्ष सन्तोष केसीले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ मा उल्लेखित ‘अपाङ्ता भएका व्यक्तिलाई अन्य व्यक्ति सरह समान आधारमा सांकेतिक भाषा, बहिरा संस्कृती लगायत विशेष सांस्कृतिक तथा भाषिक पहिचानको मान्यता र सहायता पाउने अधिकार हुनेछ’ भन्ने व्यवस्थालाई व्यवहारिक रुपमै कार्यान्वयन गर्नुपर्ने माग गर्नुभयो ।
त्यसैगरी संविधान बनेको दश वर्षसम्म पनि धारा ३२ मा समावेश ‘भाषा तथा संस्कृतिको हक’ कार्यान्वयनमा आउन नसकेको उहाँको भनाइ छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष डा विरेन्द्रराज पोखरेलले बहिरा संस्कृतिको प्रबर्धन र सबै बहिरा तथा रुवण अपाङ्गता भएका व्यक्तिहरुको सञ्चारको अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय बहिरा महासङ्घ नेपालले अपाङ्ता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक तथा सञ्चार सेवा निर्देशिका २०६९, अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्वन्धि संयुक्त राष्ट्रसंघीय महासन्धी, अपाङ्गता भएका व्यक्तिहरुको राष्ट्रिय नीति २०८० र अपाङ्गता भएका व्यक्तिहरुको राष्ट्रिय नीति २०८० पनि कार्यान्वयन गर्नुपर्ने माग पनि गरेको छ ।
नेपाली साङ्केतिक भाषामा हालसम्ममा बहिरा महासङ्घको पहलमा झन्डै ७२०० संकेतहरु विकास गरी शब्दकोश प्रकाशन तथा मोबाइल एप्लिकेशन विकास गरिएको छ । महासङ्घका अनुसार २२ वटा बहिरा विद्यालयमा र मूलप्रवाहीकरणमा रहेका विद्यालयहरुका सञ्चालित १७४ श्रोतकक्षाहरुमा झण्डै १५,००० बहिरा वालवालिका अध्ययनरत रहेका छन् । ––– सुशील दर्नाल
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ