शुक्रबार, कार्तिक २१, २०८२

बझाङमा लागूऔषध प्रकरण : डाक्टर र स्ववियु सभापति पक्राउ


गणेश विक


बझाङ । ४ सय ५० मिलिग्राम ब्राउन सुगरसहित भदौ ६ गते पक्राउ परेका विशाल रावल प्रकरणको अनुसन्धान अघि बढ्दै जाँदा जिल्लाका दुई चर्चित व्यक्तित्व समेत पक्राउ परेका छन् ।

पक्राउ परेकाहरूमा जिल्ला अस्पताल बझाङका डाक्टर मिलनराज जोशी र जयपृथ्वी बहुमुखी क्याम्पसका स्ववियु सभापति तिलकचन्द्र बोहरा रहेका छन् ।

प्रहरीका अनुसार जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर सभापति बोहरालाई भदौ ३१ गते पक्राउ गरिएको हो ।

सोही प्रकरणमा संलग्न रहेको भन्दै डाक्टर जोशीलाई असोज ७ गते मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी लोकेन्द्र ठगुन्नाले दुवैजनामाथि थप अनुसन्धान भइरहेको र घटनाबारे विस्तृत विवरण क्रमशः सार्वजनिक गरिने जानकारी दिएका छन् ।

बरामद गरिएको लागू औषधसहित पक्राउ परेकाहरूमाथि लागू औषध नियन्त्रण ऐन, २०३३ अनुसार कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

यहीं बिषयमा कान्तिपथ डटकमले टेलिफाेनमार्फत जिल्ला अस्पताल बझाङका सूचना अधिकारी सुरेश बहादुर रावलसंग बुझ्न खाेज्दा भदौ ३० गते अवकास गइसक्नु भएकाे बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत