शुक्रबार, कार्तिक २१, २०८२

सुनसरीबाट गाँजा बरामद


कान्तिपथ



सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ रानी खोलाबाट प्रहरीले बिहीबार बिहानका राति १० किलो गाँजा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चतराबाट खटिएको टोलीले सडक छेउको झाडीमा बोरामा पोका पारी लुकाएको अवस्थामा गाँजा फेला पारेको थियो । बरामद गरेर तौल लिँदा गाँजा १० किलो रहेको सुनसरी प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए ।
बरामद गरिएको गाँजालाई प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा लगेको छ । गाँजा कसले लुकाएको हो भनेर यकिन नभएको र थप अुनसन्धान अघि बढाइएको जानकारी खतिवडाले दिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत