शुक्रबार, कार्तिक २१, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • जेनजी आन्दोलन’मा लुटिएका सामान फिर्ता लैजान र हतियार बुझाउन प्रहरीको अनुरोध

जेनजी आन्दोलन’मा लुटिएका सामान फिर्ता लैजान र हतियार बुझाउन प्रहरीको अनुरोध


कान्तिपथ


जिल्ला प्रहरी परिसर, काठमाडौंले ‘जेनजी आन्दोलन’का क्रममा लुटपाट तथा चोरी भएका र हाल बरामद गरिएका सामग्रीहरू सम्बन्धित धनीलाई प्रमाणसहित उपस्थित भई फिर्ता लैजान अनुरोध गरेको छ। साथै, सो क्रममा लुटिएका हतियार तथा अन्य सामग्रीहरू स्वेच्छाले बुझाएमा कानुनी संरक्षण प्रदान गरिने भन्दै प्रहरीले सार्वजनिक रूपमा आग्रह गरेको छ।

प्रहरीले बिहीबार एक सूचना जारी गर्दै आन्दोलनको मौकामा चोरी भएका कम्प्युटर, ल्यापटप, मोबाइल फोनका साथै खाद्यान्न तथा अन्य किराना सामग्रीहरू बरामद भएको जनाएको छ। आफ्नो सामान पहिचान गर्ने सम्बन्धित व्यक्तिले आवश्यक प्रमाणसहित जिल्ला प्रहरी परिसर, काठमाडौंमा सम्पर्क गर्न सक्नेछन्।

सूचनामा आन्दोलनका क्रममा लुटिएका हातहतियार वा अन्य सामग्री अवैध रूपमा लुकाउने, खरिद-बिक्री गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी पनि दिइएको छ। त्यस्ता सामग्री भएमा नजिकको प्रहरी कार्यालयमा स्वेच्छाले बुझाउन वा प्रहरीको हटलाइन १०० मा खबर गर्न आग्रह गरिएको छ।

प्रहरीले हतियार स्वेच्छाले बुझाउने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिने र प्रचलित कानुनअनुसार आवश्यक कानुनी संरक्षणसमेत प्रदान गरिने आश्वासन दिएको छ। शान्ति सुरक्षा कायम गर्नु सबै नागरिकको कर्तव्य भएको भन्दै प्रहरीले यस अभियानमा सहयोग गर्न सबैलाई विशेष अनुरोध गरेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत