सल्यानमा फोर्स गाडी दुर्घटना, तीन जनाको मृत्यु, दुई गम्भीर घाइते
सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा आइतबार बिहान फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार रुकुम पश्चिमबाट दाङतर्फ जाँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडी बिहान करिब ४ बजेतिर राप्ती राजमार्गमा दुर्घटनाग्रस्त भई सडकबाट करिब ४०० मिटर तल खसेको हो ।
दुर्घटनामा एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको छ । घा|इते हुनेहरूमा रुकुम पश्चिम बाफिकोट गाउँपालिका–५ निवासी अन्दाजी ४७ वर्षका खगेन्द्र केसी र सोही ठाउँकी अन्दाजी ३६ वर्षीय बिना केसी छन् । गम्भीर घाइते दुवै जनाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेका कारण राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।

