काठमाडौं । नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०८२ असोज १२ गतेको निर्णयअनुसार नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग नक्सालबाट सरुवा भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा नियुक्त हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिबिक्रम शाहले आज प्रतिष्ठानमा हाजिर हुनुभई पदभार ग्रहण गरेकाे छ।
प्रहरी अतिरिक्त महानिरीक्षक तथा कार्यकारी निर्देशक शाहको आगमनका अवसरमा प्रतिष्ठान परिसरमा आयोजित स्वागत समारोहमा सम्मान गर्दै पदबाट सलामी अर्पण गरिएको थियो।
कार्यक्रममा वरिष्ठ प्रहरी अधिकारी, प्रशिक्षक तथा प्रतिष्ठानका अन्य पदाधिकारीहरूको उपस्थितिमा उहाँलाई स्वागत गरिएको थियो।
नवनियुक्त कार्यकारी निर्देशक शाहले प्रतिष्ठानको प्रशिक्षण व्यवस्थापन, क्षमता अभिवृद्धि तथा गुणस्तरीय सुरक्षा शिक्षाको सुदृढीकरणमा आफ्नो अनुभव र नेतृत्व योगदान रहने विश्वास व्यक्त गर्नुभएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ