प्रहरीले ‘जेनजी’ अभियन्ता तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता रविकिरण हमाललाई पक्राउ गरेको छ। उनलाई बिहीबार काठमाडौंको सुकेधाराबाट नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले हमाल पक्राउ परेको पुष्टि गर्नुभयो। उहाँका अनुसार, हमालमाथि सामाजिक सञ्जालको प्रयोग गरी आन्दोलनका लागि सर्वसाधारणलाई उक्साएको आरोप लागेको छ।
सोही आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हमाल पछिल्लो समय जेनजी आन्दोलनमा सक्रिय रूपमा सहभागी हुँदै आएका थिए।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ