शुक्रबार, कार्तिक २१, २०८२

गुण्डुमा जुट्दै एमाले हाईकमाण्ड


कान्तिपथ


नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने छ ।

शुक्रबार सुरु भएको सचिवालय बैठक शनिबार पनि बस्ने भनिएकोमा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाका कारण स्थगित गरी आजको लागि सारिएको हो ।

शुक्रबारको बैठकमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको समीक्षा, पार्टीको महाधिवेशनलगायत विषयमा छलफल भएको थियो ।

बैठकमा सचिवालय सदस्यहरूले बोल्ने क्रम आज पनि जारी रहने एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत