उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले ट्राफिक व्यवस्थापनको अवस्था निरीक्षण तथा निर्देशनका लागि आज कोटेश्वर जडिबुटी क्षेत्र पुगेका छन्। उनले सडकमा खटिएका ट्राफिक प्रहरीहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको कार्य उत्साह बढाउने काम गरेका छन्।
एसएसपी अधिकारीले कोटेश्वरस्थित ट्राफिक प्रहरी कार्यालयमा त्यहाँ कार्यरत प्रहरीहरूसँग सामूहिक भोजनमा समेत सहभागी हुँदै टोली भावना र मनोबल सुदृढीकरणमा जोड दिएका छन्।
जेन जी आन्दोलनका क्रममा जलेका तथा तोडफोड भएका ट्राफिक प्रहरी कार्यालयहरूको पुनःस्थापना र व्यवस्थापनमा समेत आफू सक्रिय रहेको उनले बताए। कान्तिपथसँग कुराकानी गर्दै एसएसपी अधिकारीले भने, “आन्दोलनपछिको परिस्थितिमा प्रहरीको मनोविज्ञान केही खच्किएको थियो त्यसैले उनीहरूलाई पुनः ऊर्जावान र आत्मविश्वासी बनाउनका लागि म आफैं मैदानमा उत्रिएको छु।”
उनले उपत्यका भर कार्यरत ट्राफिक प्रहरीहरूको मानसिक र शारीरिक स्फूर्तिका लागि प्रत्येक हप्ता रिफ्रेसमेन्ट कार्यक्रम सञ्चालन समेत निरन्तर रूपमा अघि बढाइरहेका छन।
एसएसपी अधिकारीको यो सक्रियता ट्राफिक व्यवस्थापनमा सुधार र प्रहरी कर्मचारीको मनोबल वृद्धिका निमित्त खेलेको भुमिकालाई सम्मान पुर्वक लिएको कोटेश्वर ट्राफिक कार्यालयका प्रमुख इन्सपेक्टर सुर्य पौडेलले बताए।


देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ