काठमाडौंको चुच्चेपाटीमा अवस्थित हायात होटलले आफ्नो सेवा बन्द गर्दै कर्मचारीलाई प्रवेशमा रोक लगाएको विषयमा प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गर्नुभएको छ। होटलले भदौ २४ गतेको प्रदर्शनमा तोडफोड भएपछि सेवा बन्द गर्नुपरेको स्पष्ट पारेको थियो।
प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार, प्रधानमन्त्रीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले शनिबार बिहान होटल व्यवस्थापनलाई सम्पर्क गरी सरकारले सुरक्षाको पूर्ण प्रत्याभूति दिने बताउनुभयो। अर्थमन्त्री खनालले व्यवस्थापनलाई विचलित नभई उच्च मनोबलका साथ सेवा निरन्तर गर्न आग्रह गर्दै सरकार साथमा रहेको विश्वास दिलाउनुभएको थियो। यस विषयमा आइतबार सरकारले होटल व्यवस्थापनसँग थप छलफल गर्ने तयारी गरेको पनि रावलले जानकारी दिनुभयो।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ