व्यवस्थित कार्यक्रम तयार पारेको गतिशील लोकतान्त्रिक (गतिलो) पार्टी जनतामाझ उपस्थित हुने तयारीमा रहेको खुलेको छ।
उक्त पार्टीका संस्थापक मध्यका एक जना बुद्ध एयरका मालिक समेत रहेका वीरेन्द्रबहादुर बस्नेतले यस्तो जानकारी दिएका छन्।एक अन्तरवार्ताका क्रममा उनले चुनावी उम्मेदवारका लागि आवेदनको विज्ञापन नै गर्ने पनि बताएका छन्। एक व्यक्ति एक पदको नीतिअनुसार आफू पदाधिकारीमा नरहेको बताएका बस्नेतले मोरङ–३ बाट आगामी निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेको पनि खुलाएका हुन्।
उपाध्यक्ष नरहेको पार्टीमा ७ पदाधिकारी रहेको उनले जनाएका छन्। एक अध्यक्षसहित ५ महासचिव र एक कोषाध्यक्ष पार्टीमा रहेको खुलाएका उनले हाल पदाधिकारीसहित २९ जनाको केन्द्रीय समिति रहेको जानकारी दिए।
पार्टीले चुनावमा निर्वाचन आयोगले तोकेको ३५ लाखसम्म खर्च गर्ने, मासु रक्सी नबाँड्ने र खर्च पारदर्शी हुनुपर्ने नीति अख्तियार गरेको पनि बस्नेतले खुलाए।
उत्पादनमूलक क्षेत्रमा काम गर्ने गतिलोले चुनावमा न्यूनतम कार्यक्रममा साझेदारी गर्ने अन्य कुनै दलसँग गठबन्धन गर्न सक्ने पनि बताएका छन्।
उनले चुनावमा उम्मेदवारी दिने भनेको मोरङ–३ बाट विघटित प्रतिनिधि सभामा नेपाली कांग्रेसबाट मेडिकल ब्यावसायी सुनिल शर्मा निर्वाचित भएका थिए। उक्त क्षेत्रमा एमालेबाट भानुभक्त ढकाल उम्मेदवार थिए। शर्माले उनलाई पराजित गरेका थिए। सोही क्षेत्रमा राप्रपाबाट अभिनेत्री रेखा थापा पनि उम्मेदवार बनेकी थिइन्।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ