बिहिबार, बैशाख ३, २०८३

मध्यपूर्वमा रहेका नेपालीको सम्भावित उद्धारका लागि सरकारको तयारी


कान्तिपथ


काठमाडौं । अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्मा ले मध्यपूर्वसहित द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपाली नागरिकको सम्भावित उद्धारका लागि सरकारले पूर्वतयारी सुरु गरिसकेको बताएका छन्।

परराष्ट्र मन्त्रालय मा आयोजित पत्रकार सम्मेलनमा उनले युद्ध वा संकटको अवस्थामा मात्र नभई पूर्वयोजनासहित काम गर्न मन्त्रालयको नेतृत्वमा ‘सिचुएसन सेन्टर’ स्थापना गरिएको जानकारी दिए। उक्त केन्द्रले विदेशमा रहेका नेपालीको अवस्थाबारे नियमित जानकारी संकलन गर्ने र आवश्यक परे उद्धार कार्यको आधार तयार गर्ने बताइएको छ।

मन्त्री शर्माका अनुसार अहिले करिब १९–२० लाख नेपाली औपचारिक रूपमा विदेशमा रहेका छन् भने अनौपचारिक रूपमा समेत गर्दा यो संख्या २५ देखि ३० लाखसम्म पुग्ने अनुमान छ। यति ठूलो संख्यामा रहेका नागरिकलाई आपतकालीन अवस्थामा उद्धार गर्न व्यापक योजना र पूर्वाधार आवश्यक हुने उनले बताए।

विदेशमा रहेका धेरै श्रमिकहरू आफ्नो रोजगारी र परिस्थितिका कारण तत्काल स्वदेश फर्कन नसक्ने मनोवैज्ञानिक तथा आर्थिक बाध्यता पनि रहने उनले उल्लेख गरे। तथापि राज्यले आफ्ना नागरिकलाई संकटमा अलपत्र पार्न नहुने भन्दै आवश्यक परे लाखौं नेपालीको उद्धारका लागि सरकार पछि नहट्ने प्रतिबद्धता उनले व्यक्त गरे।

यसैबीच, ट्रान्जिटमा फसेका थोरै संख्याका नेपाली यात्रुको समस्या छिट्टै समाधान हुने पनि उनले जानकारी दिए।

मन्त्री शर्माले मध्यपूर्व क्षेत्रमा इजरायलइरान बीच जारी द्वन्द्व चरम बिन्दु पार गरेर क्रमशः कम हुँदै जाने आन्तरिक मूल्याङ्कन मन्त्रालयले गरेको बताए। उनका अनुसार युद्धको तीव्रता विस्तारै घट्दै जाने र त्यहाँ रहेका नेपाली नागरिक प्रत्यक्ष निशानामा नरहेकाले अत्यधिक त्रासको अवस्था नरहेको निष्कर्ष मन्त्रालयले निकालेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत