आइतवार, बैशाख २७, २०८३

निर्वाचन अवरोध आरोपमा दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर


कान्तिपथ


काठमाडौं — मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ। निर्वाचन प्रक्रिया प्रभावित पार्ने गतिविधिमा संलग्न भएको आरोपमा उनीविरुद्ध शान्तिविरुद्धको कसुर अन्तर्गत मुद्दा अघि बढाइएको हो।

प्रसाईंलाई गत फागुन ११ गते प्रहरीले पक्राउ गरेको थियो। पछि उनलाई हाजिरी जमानीमा रिहा गरिएको थियो। सोही घटनासम्बन्धी आरोपमा जिल्ला प्रशासन कार्यालयमार्फत मुद्दा दायर गरिएको जनाइएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत