अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प का दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोर ले रास्वपा सभापति रवि लामिछाने सँग भेटवार्ता गरेका छन्।
शनिबार भएको उक्त भेटमा नेपाल–अमेरिका आर्थिक साझेदारीलाई थप मजबुत बनाउने विषयमा छलफल भएको गोरले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। उनले नेपालको नयाँ सरकारसँग परिवर्तनका लागि बलियो जनादेश रहेको उल्लेख गर्दै प्रस्तावित सुधारहरू सकारात्मक र आशाजनक भएको टिप्पणी गरेका छन्।
गोर बिहीबार साँझ काठमाडौं आएका थिए। भ्रमणका क्रममा उनले स्वर्णिम वाग्ले र शिशिर खनाल सँग पनि भेटवार्ता गरेका छन्।
उनको शनिबार राति नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ